Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३३:३६ दिउँसो
- ADVERTISEMENT -

हतारमा मन्त्रीले गरे सडक पूर्वाधार कार्यालय शुभारम्भ, एक महिनासम्म कर्मचारी कामविहीन

प्रकाशित मिति: २०८१ मंसिर २०, बिहीबार

61
Shares

नवलपरासीको सदरमुकाम परासीमा स्थापना गरिएको सडक पूर्वाधार कार्यालयमा एक महिना पुग्न लाग्दा समेत काम सुरु हुन सकेको छैन। 

गत कात्तिक २६ गते लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले कार्यालयको उद्घाटन गरेर काम सुरु भएको बताएका थिए। कार्यालय सञ्चालन गर्दा आवश्यक पर्ने सामग्री र संरचनाको व्यवस्थापन बिना हतारिएर उद्घाटन गर्दा अहिले कर्मचारीहरू कामविहीन बनेका छन्। 

जिल्ला समन्वय समितिको निर्माण हुँदै गरेको नयाँ भवनमा ५ वटा कोठा उपलब्ध गराइएपछि मन्त्रीद्वारा कार्यालयको उद्घाटन गराइएको थियो। व्यवस्थापन बिना कार्यालय उद्घाटन भएपछि बस्नै पर्ने बाध्यतामा रहेका कर्मचारीहरू अलपत्र जस्तै बनेर अन्य भवनमा कोठा खोजेर बसेका छन्। 

अहिले उनीहरूलाई जिल्ला समन्वय समितिले आफू भाडामा बस्दै आएको पुरानो भवनमा तीनवटा कोठा उपलब्ध गराएको छ। उद्घाटन गरिएको भवनमा रहेका कोठाहरूको मर्मत भइरहेकाले कार्यालय प्रमुखको जिम्मेवारी लिएर आएका इन्जिनियर हितेन्द्र रायमाझीसहितका दुई कर्मचारीले जिससको इन्जिनियर बस्ने कोठामा बसेर काम गर्न थालेका छन्। 

कार्यालय उद्घाटन भएपछि स्थानीय नेता र जनप्रतिनिधिहरूले आफ्नो पहलमा कार्यालय आएको भन्दै सामाजिक सञ्जालमा जस लिन होडबाजी गरेका थिए। प्रदेश सरकार मातहतको कार्यालय स्वतः स्थापना हुने भएपनि जस लिनका लागि सामाजिक सञ्जालमा नेताहरूले होडबाजी गरेका हुन्। 

उद्घाटन गरिएको नयाँ भवनको कोठामा कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने फर्निचरलगायत अन्य कुनै पनि सामान छैनन्। व्यवस्थापन बिनाको एउटा कोठाको बाहिरपट्टि ‘इन्जिनियर हितेन्द्र रायमाझी’ लेखेको नेम प्लेट मात्र राखिएको छ। सरसफाइ बिनाका अन्य कोठा खाली छन्। उद्घाटनका क्रममा राखिएको कार्यालयको बोर्डसमेत त्यहाँबाट हटाइएको छ। 

अहिले पुरानो भाडामा बस्दै आएको कार्यालयमा कर्मचारीलाई काम गर्नका लागि तीन वटा कोठा उपलब्ध गराइएको जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले बताए। ‘नयाँ भवनमा व्यवस्थापन नभएपछि तत्काल काम सुरु गर्नका लागि पुरानै भवनमा तीन कोठा उपलब्ध गराएका छौं। मंसिरको अन्तिम साताभित्र नयाँ भवन बनेपछि सँगै जान्छौं,’ जिसस प्रमुख यादवले भने। 

कार्यालय सञ्चालनका लागि आठौं तहका एक इन्जिनियरसहित १३ जना कर्मचारीको दरबन्दी तोकिएको छ। कार्यालय व्यवस्थापन नभएपछि अहिले इन्जिनियरसहित दुई कर्मचारी आएका छन्। ‘हामी अहिले शरणार्थी जस्तै भएर बस्नु परेको छ। कार्यालय उद्घाटन भएपनि नयाँ भवनमा कुनै व्यवस्थापन नहुँदा जिसस बस्दै आएको पुरानो भवनमा बस्ने भएका छौं’, कार्यालय प्रमुख इन्जिनियर रायमाझीले भने।  

नवलपरासीमा हुने पूर्वाधारको कामका लागि रुपन्देही जानुपर्ने बाध्यता भएपछि प्रदेश सरकारले परासीमा उक्त कार्यालय स्थापना गरेको हो। जिल्लामा सडक र पुलको काम हेर्ने गरी कार्यालय स्थापना भएको हो। 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -