Opens in a new tab
२०८३ मंसिर ७, आइतबार
२:५८:१२ दिउँसो
- ADVERTISEMENT -

नेपालमा टेलिग्रामबाट करोडौँ ठगी, प्रतिबन्ध गर्न पत्राचार

प्रकाशित मिति: २०८१ मंसिर २०, बिहीबार

91
Shares

 नेपालमा टेलिग्रामबाट करोडौँ रुपैयाँ ठगी हुने गरेको पाइएको छ । म्यासेजिङ एवं अरू कार्यका निम्ति प्रयोग गरिने क्लाउडमा आधारित क्रस–प्लेटफर्म सोसल मिडिया टेलिग्रामबाट करोडौँ रुपैयाँ ठगी भएका उजुरी प्राप्त हुने गरेको प्रहरीले जनाएको छ ।

करोडौँ रुपैयाँ ठगीका उजुरी पाएसँगै प्रहरीले उक्त एपमाथि प्रतिबन्ध लगाउन सरकारलाई पत्राचार गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टेलिग्रामलाई प्रतिबन्ध गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।

सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले टेलिग्रामबाट ठगीसम्बन्धी निकै धेरै उजुरी प्राप्त हुने गरेको बताए । “टेलिग्रामबाट ठगीहरू, ठगहरू अत्यधिक मात्रामा बढेको छ । साइबर ब्युरोमा मात्रै २३ करोड रुपैयाँभन्दा बढीको टेलिग्राम प्रयोग गरेर गरिएको ठगीका उजुरीहरू छन्,” उनले  भने । अरू निकायमा समेत यस्ता उजुरी हुन सक्ने उनको भनाइ छ ।

टेलिग्राम आधिकारिक सोसल मिडिया समेत नभएको उनले बताए । “ट्र्याक गर्न पनि गाह्रो हुन्छ । ट्र्याक गर्न पनि नसकिने र यसबाट अत्यधिक मान्छेहरू ठगीमा पर्ने, ठूलो मात्रामा उजुरी आएको र भयावहको अवस्था हुनाले यसलाई प्रतिबन्ध नै गर्नुपर्छ भन्ने किसिमले अनुरोध पठाएको हो,” सीआईबीका प्रवक्ता बोगटीले भने, “पहिले पनि पत्र पठाएको हो र अहिले पनि दोस्रोपटक पत्राचार भएको छ ।”

नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले टेलिग्रामबाट ठूलो मात्रामा ठगीको उजुरी प्राप्त हुने गरेको बताए । टेलिग्रामबाट हुने ठगी कसरी रोक्न सकिन्छ भन्ने विषयमा अनुसन्धान भइरहेको उनले जाकारी दिए ।

केही समयअघि संयुक्त राष्ट्रसंघको एक रिपोर्टमा म्यासेजिङ एप टेलिग्राम आपराधिक ‘हब’ बनेको जनाइएको थियो । राष्ट्रसंघको रिपोर्टअनुसार, इन्टरनेटबाट चोरिएका प्रयोगकर्ताको क्रेडिट कार्ड विवरण, पासवर्ड र ब्राउजिङ गतिविधि टेलिग्राममा बिक्री हुने गरेको छ । खासगरी दक्षिणपूर्वी एसियामा ठूला आपराधिक समूले टेलिग्राम एपको प्रयोग गरिरहेको रिपोर्टमा उल्लेख छ ।

नेपालमा पनि टेलिग्रामबाट हुने ठगीका घटना बढ्दो छ । टेलिग्राम मात्र नभएर अरू इन्टरनेटका माध्यमबाट हुने ठगी एवं अपराध पनि बढ्दो छ ।

साइबर ब्युरोमा आर्थिक वर्ष २०७९/०८० मा साइबर ठगीसम्बन्धी नौ हजार १३ निवेदन परेका थिए । गत आर्थिक वर्ष २०८०/०८१ मा यो संख्या दोब्बरभन्दा बढीले बढेर १९ हजार ७३० पुगेको छ । ब्युरोमा आर्थिक वर्ष २०७७/०७८ र ०७८/०७९ मा क्रमशः तीन हजार ९०६ र चार हजार ६८६ उजुरी दर्ता भएका थिए ।

गिफ्ट, चिट्ठा, सस्तोमा फ्ल्याट पाइने, सम्पत्ति हेरिदिन आग्रह गरी, अनलाइन किनमेल, आकर्षक जागिरलगायत प्रलोभनमा पारेर ठगी बढी हुने गरेको भन्दै साइबर ब्युरोले सचेत रहन आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -