Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२३:१८ दिउँसो
- ADVERTISEMENT -

सहकारी ठग आरोपी रविको आज पनि बयान

प्रकाशित मिति: २०८१ मंसिर १६, आइतबार

110
Shares

सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको आज पनि बयान जारी छ। जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालयमा बयान चलिरहेको हो।

शुक्रबार बयान दिएका लामिछानेको आज थप बयान लिइरहिएको हो। उनलाई गत बिहीबार पोखराबाट काठमाडौं ल्याइएको थियो। स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनमा पनि दोषी देखिएको भन्दै उनलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

स्वर्णलक्ष्मीबाट लामिछानेले व्यक्तिगत र जिबी राईसँग मिलेर ऋण लिएको तथ्यमा टेकेर उनीमाथि थप अनुसन्धान भइरहेको हो।

यसअघि पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा पुर्‍याइएको थियो। पछिल्लोपटक कास्की अदालतले लामिछानेमाथि १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

काठमाडौंमा बयान सकिएलगत्तै लामिछानेलाई चितवन लैजाने तयारी छ। साहारा चितवन सहकारीका २४ बचतकर्ताले पूरक जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भइसकेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -