भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणका सिलसिलामा काठमाडाैं आइपुगेका छन् ।प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी नेपाल भ्रमणमा एका हुन् ।
सेनाध्यक्ष द्विवेदीलाई बिहीबार नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भारतीय सेनाध्यक्ष द्विवेदीले नेपालमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति सिग्देलसँग भेटवार्ता गर्ने तालिका छ ।
नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले पुशपतिनाथ र मुक्तिनाथको दर्शन गर्नुका साथै पोखरा तथा सगरमाथा क्षेत्रको समेत अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।












































