Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४२:३९ दिउँसो
- ADVERTISEMENT -

डाँका चोरी मुद्दामा ४ वर्ष जेल बसेर निस्केका युवक फेरि चोरी आरोपमा पक्राउ

प्रकाशित मिति: २०८१ कात्तिक २८, बुधबार

73
Shares

 भक्तपुरमा दिउँसोको समयमा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका–५ काटाकुटी घर भएका ३८ वर्षीय रवि कार्की छन् ।

आरोपीले भक्तपुर र काठमाडौँको काँडाघारी क्षेत्रमा समेत ४ ठाउँमा चोरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए ।

आरोपीले साउन २ मा मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली स्थित राम मन्दिर नजिकै पार्वती धानुकको डेराबाट १ लाख ५२ हजार बराबरको सुन र नगद चोरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

कार्तिक १३ मा उनले मध्यपुर थिमि–२ स्थित रामेश्वर मन्दिर नजिकै कृष्णहरि कार्कीको डेरा फुटाएर २ लाख २० हजार बराबरको रकम चोरेका हुन् । आरोपीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयसँगको समन्वयमा मंगलबार पक्राउ गरेर थप अनुसन्धानका लागी प्रहरी वृत्त थिमीमा पठाइएको डीएसपी नेउपानेले जानकारी दिए ।

कार्की यसअघि ४ वर्ष डाँका चोरी मुद्दामा जेल बसेर छुटेका थिए । आरोपी २०८० चैतमा जेलबाट रिहा भएपछि पुनः भक्तपुरका विभिन्न क्षेत्रमा चोरीमा सक्रिय भएको डीएसपी नेउपानेले बताए ।

दिउँसोको समयमा घरमा छिरेर चोर्ने उनको अपराध प्रवृत्ति देखिएको छ । भक्तपुर र काँडाघारीमा उनले चार ठाउँमा चोरेको सिसिटिभी फुटेजमा देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -