Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३६:३६ दिउँसो
- ADVERTISEMENT -

लुम्बिनीका मुख्यमन्त्रीको नेतृत्वमा ७ सदस्यीय टोली चीन भ्रमण जाँदै

प्रकाशित मिति: २०८१ कात्तिक २०, मंगलबार

62
Shares

 लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ‘समन्वय र विकास’का विषयमा हुने छलफलका लागि चीनको तीनदिने भ्रमणमा जाने भएका छन् । उनको चीन भ्रमण र छलफलको तालिका मंगलबार देउखुरीमा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । 

सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका अनुसार मुख्यमन्त्री आचार्य कात्तिक २६ देखि २८ गतेसम्म चीनको सिचुआन प्रान्तमा हुने छलफलमा सहभागी हुने भएका हुन् । मुख्यमन्त्री आचार्यसँगै लुम्बिनी प्रदेश सरकारको ७ सदस्यीय टोली सहभागी हुनेछ । भ्रमण टोलीका सबै सदस्यको भ्रमण पनि मन्त्रिपरिषद्बाट स्वीकृत भएको पन्थीले बताए ।

सिचुआन प्रान्तमा ‘समन्वय र विकास’ विषयमा छलफल गर्न (नोभेम्बर ११ देखी १३) कात्तिक २६, २७ र २८ गते अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत ७ सदस्यीय टोली चीन जानेछ ।

चीनको सिचुआन लुम्बिनी प्रदेश सरकारले भगिनी सम्बन्ध कायम गरेको प्रान्त हो । सोही प्रान्तको निमन्त्रणामा सरकारको टोली चीन जान लागेको हो । भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्त बीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको सरकारका मुख्यसचिव महादेव पन्थले बताए ।

‘भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन र द्विपक्षीय सहयोग एवं सहकार्यका बारेमासमेत उच्चस्तरीय भेटवार्तामा केन्द्रित हुने विश्वास छ,’ सरकारका प्रवक्ता पन्थीले भने, ‘भ्रमणपछि दुई देशबीचको विकास सम्बन्ध थप प्रगाढ हुनेछ ।’

लुम्बिनी प्रदेश सरकारले तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको पालामा २०७६ सालमा सिचुआन प्रान्तसँग भगिनी सम्बन्ध कायम गरेको थियो । त्यतिबेला कृषि, उद्योग, पर्यटनलगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो । अहिले त्यही समझदारीलाई निरन्तरता दिने र लुम्बिनी प्रदेशको पर्यटकीय क्षेत्रमा चीनबाट हुन सक्ने सहयोगका विषयमा पनि छलफल गर्ने सरकारको तयारी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -