गोरखा समाज बेल्जियमको भेटघाट कार्यक्रम आज एन्र्टोपेन शहरको आर्शिवाद रेष्टुरेण्टमा समाजका अध्यक्ष राम घलेको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त भेटघाट कार्यक्रममा समाजद्धारा विगतमा गरिएका परोपकारी सामाजिक गतिविधि तथा समसामयिक विषयमा छलफल भएको छ ।
संस्थालाई कसरी गतिशिलता दिई अघि वढ्ने भन्ने विषयमा जोड दिदै बेल्जियममा गोरखालीहरुको संख्या स्थापनाकाल २०१७ मा भन्दा अधिकतम् वढेकाले उहाँहरुको बेल्जियम बसार्ई सुुखद र सहज वनाउन समाजले कसरी भूमिका खेल्ने साथ साथै सवै वेल्जियमवासी गोरखालीहरुले गोरखा जिल्लाको दिगो सामाजिक, आर्थिक र शैक्षिक विकासमा कसरी भूमिका खेल्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
गोरखा समाज बेल्जियमले फेरि पनि बेल्जियमवासी गोरखालीहरुलाई हार्दिक सम्मान तथा स्वागत गर्ने र एक आपसमा परिचय गराउने उद्देश्यले आगामी २३ डिसेम्वर २०२४, सोमवारका दिने एक परिचयात्यक कार्यक्रमको घोषणा गरेको छ ।
उक्त कार्यक्रममा बेल्जियमवासी गोरखालीहरुलाई उपस्थितिको लागि हार्दिक आव्हान समेत गरेको छ।
आजको उक्त भेटघाट कार्यक्रममा समाजका सल्लाहकारद्धय विष्णुु भुजेल, विनोद न्यौपाने, एनआरएन आईसीसी सदस्य मदन दवाडी, कोषाध्यक्ष रामप्रसाद घले, महासचिव तेज नेपाली, सदस्य निर्मला वजगाईँ, ईन्द्र न्यौपाने, ईश्वर भट्ट, गोपल रेग्मी, दीपक भट्टराई, रमेश वगाले, प्रकाश अधिकारी, रमेश कार्की, कर्मा सिं, रुपक श्रेष्ठ, अनिता दवाडी, श्याम श्रेष्ठको उपस्थिति रहेको थियो ।









































