- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोशीमा कांग्रेसको कोइराला समूह किन गएन सरकारमा

September 13, 2024
91
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कांग्रेस–एमालेको गठबन्धन बनेको करिब अढाई महिनापछि शुक्रबार कोशी सरकारमा कांग्रेस सहभागी भयो । मन्त्री चयन गर्न लामो समयको रस्साकस्सीमा फसेको कांग्रेसले केही मन्त्रीहरूको नाम दिएपछि आधिकारिक रूपमा कांग्रेस सरकारमा सहभागी भएको हो । 

दलभित्रको आन्तरिक गुट व्यवस्थापनमा रस्साकस्सी चलेपछि कोशीमा मन्त्री पठाउन कांग्रेसलाई हम्मे परेको थियो । संस्थापन समूहभित्र देउवा समूह र कृष्ण सिटौला गुट तथा संस्थापनइतरको कोइराला समूहलाई कतिवटा मन्त्रालय दिने भन्ने विवादमा फसेको थियो, कांग्रेस ।

शुक्रबार संस्थापन समूह अन्तर्गत सिटौला समूहका कांग्रेस संसदीय दलका पूर्वप्रमुख सचेतकसमेत रहेका भूपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो । सिटौला समूहबाट भौतिक पूर्वाधार मन्त्रालयमा राई हुँदा भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।

त्यस्तै शेरबहादुर देउवानिकट खगेनसिह हाङ्गाम उद्योग कृषि तथा सहकारीमन्त्री बनेका छन् भने संस्थापनभित्रका ज्ञानेन्द्र कार्कीनिकट सदानन्द मण्डलले पर्यटन, वन, वातावरणमन्त्री बनेका छन् । कांग्रेसको संस्थापन समूहभित्रको उपगुटसमेत सरकारमा सहभागी भईसक्दा संस्थापनइतरको कोइराला गुट भने तत्काल सरकारमा सहभागी भएको छैन । कोशीमा दुई मन्त्रालय मागेको कोइराला समूहले एक मन्त्री र एक राज्यमन्त्री मात्र पाउने भएपछि असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

तर, कोशीमा भने अब एक मन्त्रालय मात्र खाली रहेको छ । खाली रहेको स्वास्थ्य मन्त्रालयमा कोइराला समूहले मन्त्रीसँगै कुनै मन्त्रालयमा एक राज्यमन्त्री समेत पाउनुपर्ने माग गरेको छ । त्यसको लागि भने सिंगापुरमा स्वास्थ्य परीक्षण गर्न गएका शेखर कोइराला फर्किउन्जेल सम्म कुर्नुपर्ने देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -