बलिउड अभिनेत्री मलाइका अरोराका बुवा अनिल अरोराको बुधबार मुम्बईमा भवनको सातौँ तलाबाट खसेर मृत्यु भएको छ। उनी बान्द्राको एक आवासीय भवनमा बस्थे।
बीबीसी हिन्दीका अनुसार अनिलको मृत्युपछि सबैभन्दा पहिले मलाइकाका पूर्वपति अरबाज खान घटनास्थल पुगेका थिए।
क्राइम ब्रान्चका डीसीपी राज तिलक रोशनले बान्द्रामा बस्ने अनिल अरोराको मृत्यु भएको पुष्टि गरेका छन्। बालकनीबाट खसेर उनको मृत्यु भएको हो।
घटनालगत्तै प्रहरी उनको बान्द्रास्थित फ्ल्याटमा पुगेको थियो। यो मृत्यु दुर्घटना हो वा आत्महत्या हो भन्ने बारे अनुसन्धान भइरहेको छ।
घटनाका बेला मलाइका अरोरा पुणेमा थिइन् र उनी मुम्बई प्रस्थान थिइन्।