ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सस्थापक सेयरधनीको नाममा रहेको १० लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।
कम्पनीको सञ्चालक समितिको साउन २४ गते बसेको बैठकले उक्त सेयर बिक्री गर्न अनुमति दिएको कम्पनीले जनाएको छ।
कम्पनीको उक्त सेयर संस्थापक सेयरधनीले मात्र खरिद गर्न पाउनेछन् । यदि ३५ दिनभित्र सेयरधनीले खरिद नगरेमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।