राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पाँच लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको शैक्षिक कर्जा सार्वजनिक गरेको छ ।
बैंकले जारी गरेको सूचना अनुसार उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा सार्वजनिक गरिएको हो ।
राष्ट्रिय वाणिज्य बैंकको शैक्षिक कर्जा कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले पाँच लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज अथवा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिने छ । बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी बैंकको निर्णयमा उल्लेख छ ।
- ADVERTISEMENT -
साथै थप जानकारीका लागि नजिकको राष्ट्रिय वाणिज्य बैंकको शाखामा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ ।