Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२२:४८ दिउँसो
- ADVERTISEMENT -

दमकमा गोठबाट चोरेर गौ हत्या, कारबाहीकाे माग

प्रकाशित मिति: २०८१ भदौ १९, बुधबार

337
Shares

झापाको दमकमा गोठमा बाँधेको गाई चोरेर हत्या गरिएको छ । गौ हत्या भएपछि दमकका स्थानीयले गौहत्याको विषयमा छानबिनको माग गर्दै प्रहरीलाई दबाब दिएका छन् ।

दमक नगरपालिका वडा नम्बर १ मा लक्ष्मण विष्टको गाई गोठबाट गए राति गाई चोरेर लगेर हत्या गरिएको हो ।

गोठबाट अलकापुरी ग्रिनसिटी तथा बाबा विश्वकर्मा मन्दिर प्रवेशद्वारको गेटबाट १०० मिटरको दूरीमा गाईलाई मारिएको छ । गाईको छाला तासेर मासु लगिएको छ ।

घटनास्थलमा पुगेका दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले घटना निन्दनीय रहेको र यो एउटा आपराधिक मनोवृत्ति भएकाहरूको झुन्डबाट भएको घटनाको निष्पक्ष छानबिन गर्ने बताए ।

घटनास्थलमै रहेका दमक प्रहरी प्रमुखलाई घटनाको निष्पक्ष छानबिन गरी दोषी उपर हदैसम्मको कारबाही गर्न नगर प्रमुख थापाले आग्रह पनि गरे ।

राप्रपा दमक नगर अध्यक्ष हेम सुबेदीले यो घटनाले आफूहरूलाई आघात पुर्‍याएको भन्दै घटनाको निन्दा गरेका छन् । यस्तै विभिन्न धार्मिक सङ्घ सङ्गठनहरूले पनि घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले दमकमा भएको गौहत्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

दमकको घटनापछि सामाजिक सञ्जालमार्फत अर्काको गोठको गाई चोरेर हत्या गर्नु निन्दनीय र चरम अराजकता हो भन्दै यस प्रकारका कार्यहरू अविलम्ब रोक्न उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -