- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भारतीय विदेशमन्त्रीले भने– छिमेकी सधैँ समस्या बनिरहन्छन्

August 30, 2024
42
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भारतका विदेशमन्त्री ले छिमेकी सधैँ समस्या बनिरहने बताएका छन् । उनले छिमेकीसँग सम्बन्ध बनाइरहनु निकै कठिन काम हुने पनि प्रस्ट पारेका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा एउटा पुस्तक विमोचन कार्यक्रममा जयशंकरले विश्वका जुनसुकै देशलाई हेर्ने हो भने पनि छिमेकी एउटा समस्या बनेको पाइने बताए ।

‘छिमेकीसँगको समस्या लगातार बनिरहन्छ,’ भारतीय विदेशमन्त्री जयशंकरले भने, ‘यसलाई कहिल्यै सुल्झाउन सकिँदैन ।’

उनले प्रश्न गरे– यस्तो कुन देश छ जसको छिमेकीसँग चुनौती छैन ?  आपसी सम्बन्ध हमेसा एकनासको नहुने छिमेकीको स्वभाव नै भएको उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement

भारतीय विदेशमन्त्री जयशंकरले पाकिस्तानसँग अब वार्ताको समय समाप्त भइसकेको टिप्पणीसमेत गरे । पाकिस्तानसँगको सम्बन्ध अब उसकै भाषामा निर्भर हुने पनि उनले प्रस्ट पारे । पाकिस्तानको हरेक सकारात्मक र नकारात्मक कुराको जवाफ उसकै भाषामा दिइने उनको भनाइ थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com