नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार ८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको ।
नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको हो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
- ADVERTISEMENT -