काठमाडौँ । ‘मिस ग्रान्ड औरा नेपाल २०२४’ को उपाधि नवलपरासी पश्चिमकाे परासीको बिनिशा शर्मा आचार्यले मिसऔरा ईन्टरनेशनल नेपालको ताजको साथमा मिस लुम्बिनीको ताज समेत हात पारेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘मिस ग्राण्ड नेपाल २०२४’ को मञ्चमा एकसाथ ३ विजेता छानिएकोमा बिनिशा शर्मा आचार्यले मिसऔरा ईन्टरनेशनल नेपालको ताजको पहिरेकी थिईन्।
बिनिशा शर्मा आचार्यले मिसऔरा ईन्टरनेशनल नेपाल बने लगतै आउदो अशोजमा नेपालको झन्डा अन्तराष्ट्रिय मन्चमा फर – फराउने तयारीमा अघि बढ्दै छिन्। प्रतियोगितामा बिनिशाले नगद पुरस्कार, सुनको थान्का, लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बाट एक बर्षको टम लाइफ इन्स्योरेन्स, नेपाली चलचित्रमा अभिनय गर्ने अवसरका साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
आर.के. इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा संचालन भएको सो प्रतियोगितामा सेन्ट्रल फेसन हब कोटेश्वोर र कुपन्डोलका फेसन डिजाइनर, बिधार्थीहरुले फिनाले वार्डरोब तयार पारेका थिए जस्मा डिजाइनर, नविन लुइँटेलको निर्देशन थियो ।