नेपाल विद्यार्थी संघको मुखपत्र “संक्रान्तिको” १३ औं अंक प्रकाशनको तयारीमा छ । यसै सन्दर्भमा नेविसंघले ८० को दशक: युवा र विद्यार्थी विषयवस्तु केन्द्रित राष्ट्रव्यापी लेख प्रतियोगिता आयोजना गरेको छ ।
वि.सं २०५० साल सम्म कस्तो देश बनोस् भन्ने परिकल्पना गर्नुहुन्छ र त्यसका लागि विविध क्षेत्रमा के के गर्नुपर्छ भन्ने प्रश्नको उत्तर प्रतिबिम्बित हुने एउटा लेख बढीमा तीनवटा विशिष्टीकरण गरिएका क्षेत्रहरुमा केन्द्रित हुनुपर्नेछ । विशिष्टीकरण गरिएका क्षेत्रहरु यसप्रकार निर्धारण गरिएको छ : शिक्षा, स्वास्थ्य, रोजगारी, जलवायु परिवर्तन, पर्यटन, शिक्षा, उद्यमशीलता, नवप्रवर्तन, हरित ऊर्जा, कृषि, राष्ट्रियता ।
त्यसैगरी लेखको शब्द सीमा : ५००-१२०० शब्द रहेको छ भने लेख २०८१ श्रावण ३२ गते भित्र भित्र नेविसंघको इमेलमा पठाई सक्नु पर्ने छ । सर्वोत्तम लेखलाई ने. रु. ५०,००० (पचास हजार) साथै २० वटा लेख हरुलाई पुरस्कार प्रदान गरिने छ ।