Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१३:२८ दिउँसो
- ADVERTISEMENT -

२२ सदस्यीय मन्त्रिपरिषद्मा दलित शुन्य, महिला दुईजना मात्रै

प्रकाशित मिति: २०८१ असार ३१, सोमबार

191
Shares

 नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै २१ मन्त्रीले पनि शपथ ग्रहण गरेका छन् । 

सोमबार बिहान ११ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ ग्रहण गरेका हुन् । 

आकांक्षी सांसदहरू धेरै भएकाले एकैपटक मन्त्रिपरिषद्लाई पूर्णता दिने नीति ओलीले लिएका थिए । तर यसरी मन्त्रिपरिषद् गठन गर्दा समावेशीबारे भने प्रधानमन्त्री ओलीले आवश्यक ध्यान दिएको देखिएन ।

प्रधानमन्त्री ओलीले दलित शून्य २२ सदस्यीय मन्त्रिपरिषदमा दुई जना महिला मन्त्री नियुक्त गरेका छन् । आरजु राणा देउवा परराष्ट्र र विद्या भट्टराई शिक्षा मन्त्री नियुक्त भएका छन् ।

यस्तै, प्रकाशमान सिंहले शहरी विकास मन्त्रालयको पजम्मेवारी पएका छन् भने विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

संविधानले २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाइने सुविधा दिएको छ । त्यसैले प्रधानमन्त्री ओलीले चाहे अब दलित समुदायका सांसद राज्य मन्त्रीसम्म बन्न सक्छन् ।

अर्थात् अघिल्ला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै जस्तो मन्त्रिपरिषद् ओलीले बनाएका छन् । जहाँ दलित समुदायका मन्त्री छैनन् ।

यी हुन् नवनियुक्त मन्त्रीहरूः

१‍. केपी शर्मा ओली : प्रधानमन्त्री
२. प्रकाशमान सिंह : उपप्रधान तथा सहरी विकासमन्त्री
३. विष्णु पौडेल : उपप्रधान तथा अर्थमन्त्री
४. पृथ्वीसुब्बा गुरुङ : सञ्चार तथा सूचना मन्त्रालय
५. रमेश लेखक : गृहमन्त्री
६. शरतसिंह भण्डारी : श्रम तथा रोजगार
७. आरजु राणा देउवा : परराष्ट्रमन्त्री
८. नवलकिशोर साह सुडी : महिला बालबालिका
९. बलराम अधिकारी : भूमि व्यवस्था तथा सहकारी
१०. दामोदर भण्डारी : उद्योग वाणिज्य तथा आपूर्ति
११. देवेन्द्र दाहाल : भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी : युवा तथा खेलकुदमन्त्री
१३. प्रदीप यादव : खानेपानीमन्त्री
१४. प्रदीप पौडेल : स्वास्थ्यमन्त्री
१५. अजय चौरसिया : कानुन न्याय तथा संसदीय मामिला
१६. बद्री प्रसाद पाण्डे : पर्यटनमन्त्री
१७. रामनाथ अधिकारी : कृषिमन्त्री
१८. विद्या भट्टराई : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री
१९. मानवीर राई : रक्षामन्त्री
२०. दीपक खड्का : जलस्रोत तथा ऊर्जामन्त्री
२१. राजकुमार गुप्ता : संघीय मामिला तथा सामान्य
२२. ऐनबहादुर शाही ठकुरी : वन तथा वातावरणमन्त्री

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -