Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४०:३९ बिहान
- ADVERTISEMENT -

राजीनामा नदिई फर्किए बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरू

प्रकाशित मिति: २०८१ असार २०, बिहीबार

154
Shares

पदबाट राजीनामा दिन बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू त्यसै फर्केका छन्।

श्रम मन्त्री बनेका डोलप्रसाद अर्याल (डिपी), सांसद स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियारलगायत प्रधानमन्त्रीलाई भेट्न बिहीबार बिहान बालुवाटार पुगेका थिए।

उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल पनि गरेका छन्।

प्रधानमन्त्री दाहालले आफूले विश्वास मत लिने तयारी गरेको बताएका छन्। रास्वपाले प्रधानमन्त्री दाहाललाई संसदबाट छिटो विश्वास मत लिन आग्रह गर्दै त्यो बेलासम्म आफूहरूले साथ दिने बताएका छन्।

‘रास्वपाका तर्फबाट सरकारमा भाग लिएका मन्त्रीहरूको राजीनामा दिन भनेर आज बालुवाटार आएका थियौं। प्रधानमन्त्रीले अलिकति छलफल गर्नुपर्‍यो भन्नुभयो, पछिल्लो परिस्थितिको समग्र विश्लेषण भयो,’ बालुवाटारमा  पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक सन्तोष परियारले भने, ‘प्रधानमन्त्रीले संवैधानिक अधिकार प्रयोग गर्छु, संसदलाई फेस गर्छु भन्नुभएको छ। संसदलाई फेस गरिरहँदा तपाईंहरूले मलाई साथ दिनुपर्छ भनेर प्रधानमन्त्रीले भन्नुभयो।’

रास्वपाले प्रधानमन्त्री दाहाललाई छिटो विश्वास मत लिन आग्रह गरेको छ।

हामी अर्को गठबन्धन र सरकारमा जाँदैनौं, हामीले प्रधानमन्त्रीलाई जतिसक्दो छिटो संसदलाई फेस गर्नुहोला भनेका छौं,’ उनले भने, ‘हामीले राम्रो गर्दागर्दै अहिलेको राजनीतिक परिस्थिति भयो। अर्को गठबन्धन विश्वास गर्न लायक छैन। हामी राजीनामा दिने मनस्थितिमै हो तर प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छु भन्दा सकारात्मक रूपमा लिनुपर्छ। विश्वास मत लिने बेलासम्म हामी तपाईंलाई साथ दिन्छौं भनेका छौं।’

दाहाल नेतृत्वको संघीय सरकारमा रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्। उपसभापति डोलप्रसाद अर्याल श्रममन्त्री, सांसद सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ खेलकुद मन्त्री छन्।

यसअघि बुधबार साँझ प्रधानमन्त्रीलाई भेटेर नेकपा (एमाले) का मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका थिए। साथै एमालेले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन पनि फिर्ता लिएको छ। दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ।

असार १७ गते नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउने सहमति भएको थियो। उक्त सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली अब प्रधानमन्त्री हुनेछन्।

कांग्रेस र एमालेले प्रधानमन्त्री दाहाललाई मार्गप्रशस्त गर्न आग्रह गर्दै आएका छन् भने प्रधानमन्त्री दाहालको दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिने बताइरहेको छ।

प्रधानमन्त्री दाहालले अबको एक महिनाभित्र संसदबाट विश्वास मत लिनुपर्छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -