- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

अब सिंहदरबार हर-नागरिकका लागि खुल्ला छ : गृहमन्त्री

सिधै गृहमन्त्रीलाई गुनासो राख्न सकिने
June 14, 2024
135
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

 उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अब सिंहदरबार हर-नागरिकका लागि खुल्ला हुने बताएका छन् ।

आफ्नो कार्यकाल १०० दिन पूरा भएको अवसरमा शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन् । “अब सिंहदरबार हर-नागरिकका लागि खुल्ला हुनेछ,” गृहमन्त्री लामिछानेले भने ।

- ADVERTISEMENT -

Advertisement

अगाडि उनले भने, “अब कुनै पनि पहुँचवालाले सिफारिस गर्नुपर्दैन सिंहदरबार छिर्नका लागि । आफ्ना मान्छेहरू नभएकाहरूले पनि अब छिर्न पाउँछन् । चिनेको आधारमा, आफ्नो मान्छे भित्र भएको आधारमा मात्रै काम हुने समस्या समाधान हुन्छ ।”

यस्तै अबदेखि सिधै गृहमन्त्रीलाई समस्या राख्न सकिने भएको छ । गृह मन्त्रालयअन्तर्गतका निकायमा क्यूआर कोड राखिने र त्यो स्क्यान गर्नेबित्तिकै हरेक गुनासाहरू त्यसमार्फत गृहमन्त्रीकहाँ पुर्‍याउन सकिने व्यवस्था गरिने भएको छ ।

- ADVERTISEMENT -

Advertisement

“राम्रोदेखि नराम्रा; अनियमिततादेखि लिएर हरेक गुनासाहरू तपाईंले क्यूआर कोड स्क्यान गरी त्यसमार्फत गृहमन्त्रीसम्म पुर्‍याउन सक्नुहुन्छ,” गृहमन्त्री लामिछानेले भने, “यहाँ त यस्तो रहेछ भनेर फोटो, सूचनादेखि सबै चिज पठाउन सकिनेछ ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com