Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२१:५१ दिउँसो
- ADVERTISEMENT -

नेपाल क्रिकेट संघमा अनियमितता भएको गुनासो छ, छानबिन आयोग बनाउँ: सांसद आचार्य

प्रकाशित मिति: २०८१ जेठ ३०, बुधबार

286
Shares

नेपाल क्रिकेट संघ (क्यान) मा अनियमितता भएको भन्दै छानबिन आयोग गठन गर्नुपर्ने माग गरिएको छ । एमाले सांसद भीम आचार्यले बुधबार प्रतिनिधिसभा बैठकमा उक्त विषय उठाएका हुन् ।

विश्वकप क्रिकेट प्रतियोगिताका क्रममा क्यानमा अनियमितता भएको कुरा आएको भन्दै आचार्यले छानबिन आयोग गठन गर्नुपर्ने माग गरे ।

खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीयमा समावेश नगरेको गुनासो आएको आचार्यले बताए । डाक्टरको कोटामा एक जना महिलाको नाम पठाएको र त्यसलाई आईसीसीले नमानेको उनले बताए । ‘अवैध रूपमा जर्सी अमेरिका लगेर महँगोमा बेचेर त्यसको दुरुपयोग गरेको गुनासो आएको छ । अमेरिकामा बस्ने नेपालीसँग अवैध रूपमा चन्दा उठाएको र सो रकम क्यानको खातामा नराखेको गुनासो आएको छ,’ उनले भने ।

४ सय टिकट र २० वटा भीआईपी पासलाई अवैध ढंगले बिक्री गरेको गुनासो आएको उनले बताए । नेपाललाई जिताउन होइन हराउन क्यानले भूमिका खेलेको आरोप लागेको उनले बताए । मानव तस्करीको कोसिस गरिएको र प्रधानमन्त्री कार्यालयले रोकेको प्रकरणमा पनि क्यान नेतृत्व जोडिएको आरोप लागेको उनले बताए । यी आरोपमाथि छानबिन गर्न आयोग बनाउन उनले माग गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -