गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विश्वासको मत दिने भएको छ ।
मुख्यमन्त्रीले गण्डकीको सदनमा विश्वासको मत मागेपछि सदनबाट दलका नेता पन्चराज गुरुङले मत दिने बताएका हुन् ।
‘स्वायत्त र केन्द्रको प्रभावमा नपरी केन्द्र सरकारको विपक्षमा गण्डकी सरकारलाई समर्थन गर्न हाम्रो दल यहाँ उपस्थित छ,’ उनले भने ।
गण्डकीको बैठक चलिरहेको छ ।

६० सदस्यीय गण्डकीमा नेपाल कांग्रेसका २७, कम्युनिस्ट पार्टी एमालेका २२, माओवादी केन्द्रका ८ ( सभामुख सहित ), राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र स्वतन्त्र सांसद राजीव गुरुङ ( दीपक मनाङे) छन् ।







































