Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०१:१५ दिउँसो
- ADVERTISEMENT -

नगर प्रहरी कुट्नेलाई छाड्न माग गर्दै नेबिसंघको प्रदर्शन, जलायो सरकारी गाडी

प्रकाशित मिति: २०८१ जेठ २७, आइतबार

195
Shares

मोरङको रंगेली नगरपालिकाका नगर प्रहरीमाथि आक्रमण गर्ने समूहलाई छाड्न माग गर्दै विद्यार्थीको एउटा समूहले विराटनगरमा सरकारी गाडी जलाएका छन् । विद्यार्थीको समूहले नेपाल विद्युत् प्राधिकरणका पाँच वटा गाडी पनि तोडफोड पनि गरेका छन् ।

आइतबार बिहान नेपाल विद्यार्थी संघको नेतृत्वमा प्रदर्शन भएको हो । प्रदर्शनकारीले प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडी जलाएका हुन् ।  अहिले भने प्रदर्शन मत्थर भएको प्रशासनले जनाएको छ ।

बिहीबार नेपाल विद्यार्थी संघको एउटा समूहले रंगेली नगरपालिकाका कार्यवाहक मेयर एवम् रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य कालोमोदो दल्न गएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि समेत दुर्व्यवहार गरेका थिए । घटनामा नगर प्रहरी रोक्न आएपछि उनीहरूमाथि कुटपिट गरेका थिए ।

घटनामा संलग्न भएका ६ जना नेविसंघका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउको विरोधमा नेविसंघको अगुवाइमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका विद्यार्थीले आइतबार बिहान प्रदर्शन गरेका प्रहरीले जनाएको छ ।

कलेज अगाडि गुडिरहेको प्रदेश योजना आयोगको गाडीमा ढुंगामुढा गरेर जलाएका हुन् ।

घटनामा संलग्न रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्रलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

पक्राउ परेकाहरूको समूहले आक्रमण गर्दा ४ जना नगर प्रहरी घाइते भएका छन् । नगर प्रहरीहरू सुनिता पौडेल, प्रमोद पासवान, पदमबहादुर थापा र ज्योति घिमिरे सामान्य घाइते छन् । नगर प्रहरीहरूको शरीरका विभिन्न भागमा चोटपटक लागेको र रंगेली अस्पतालमै उपचार भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -