Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:१६:०४ दिउँसो
- ADVERTISEMENT -

रुख, पोल, मठमन्दिर, पार्कजस्ता ठाउँबाट रङ्गीचङ्गी बत्तीकाे प्रयाेग हटाउन सिफारिश

प्रकाशित मिति: २०८१ जेठ २५, शुक्रबार

125
Shares

सुन्दरता र सजावटका लागि सडक किनारा, रुख, पोल, मठमन्दिर, ढुङ्गेधारा सार्वजनिक तथा होटल, रेस्टुरेन्ट, क्लबजस्ता व्यावसायिक ठाउँमा राखिएका रङ्गीचङ्गी बत्ती हटाउन ‘शहरी वन र सडक छेउ खम्बामा बेरिएका बत्तीको असर अध्ययन कार्यदलले सुझाव दिएको छ ।

शहरी योजना आयोगका सदस्य सरस्वती मानन्धरको संयोजकत्वमा गठन भएको अध्ययन कार्यदलले आज काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोललाई प्रतिवेदन बुझाउँदै सिफारिशका विषयमा जानकारी गराएको हो ।

गएको वैशाख २५ गते बसेको अनुगमन समितिको बैठकमा सजावटका लागि राखिएका बत्तीले जनस्वास्थ्य, वातावरण र शहरी व्यवस्थापनमा नकारात्मक असर पारेको विषय उठान भएपछि अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो । समितिले अध्ययनका क्रममा नेपाल आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. इन्दूप्रसाद ढुङ्गेल, त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागका जीवशास्त्री सहप्राध्यापक डा. हरिप्रसाद शर्मा र हिमालय नेचरका चराचुरुङ्गी विज्ञ सन्देश गुरुङसहितको टोलीमा सहभागी गराएको थियो ।

प्रतिवेदन बुझिसकेपछि महानगरकी उपमेयर डङ्गोलले शहरमा झिलिमिली बत्ती राख्ने विषयमा निर्णय गर्न र थप वैज्ञानिक अध्ययन गर्न आधार तयार भएको भन्दै प्रतिवेदनको थप अध्ययन गरेर निर्णय गर्ने बताउनुभयो ।

अध्ययन समितिलाई सजावटका लागि रुख, बिरुवासहितका संरचनामा बेरिएका बत्तीको गुणस्तर र प्रकृति, गाडी आउजाउमा यस्ता बत्तीले पार्ने असर, मानिसको आँखामा असर, चराचुरुङ्गी र पर्यावरणमा पर्ने असर, धार्मिक तथा सांस्कृतिक मूल्य मान्यताको अध्ययन विश्लेषण गर्ने कार्यक्षेत्र दिइएको थियो । अध्ययनले ७ बुँदामा सुझाव दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -