Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४७:५० दिउँसो
- ADVERTISEMENT -

सहकारी ठगहरूलाई संरक्षण दिएर पीडितमाथि राज्यले डण्डा चलायोः चित्रबहादुर केसी

प्रकाशित मिति: २०८१ जेठ २४, बिहीबार

362
Shares

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारीको बचत हिनामिनामा संलग्नहरूलाई राज्यले नै संरक्षण गरिरहेको आरोप लगाएका छन् । उनले ठगलाई संरक्षण दिने र सहकारीका पीडितलाई प्रहरी प्रशासन लगाएर लखेट्ने काम सरकारले गरेको बताएका छन् । 

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बुधबार पोखरामा सहकारीको बचत फिर्ता नपाएर आन्दोलन गरिरहेकाहरू माथि सरकारले डन्डा बर्साएको बताए । लोकतन्त्र, गणतन्त्र प्राप्तिको आन्दोलनमा  जुन किसान, मजदुरहरूले साथ दिए, अहिले राज्यसत्तामा रजाइँ गर्ने कमरेडहरूलाई उनीहरूले जम्मा गरेको रकममाथि चलखेल गरिरहेको उनले बताए ।

प्रधानमन्त्री पोखरा जाँदा ती सहकारीपीडितहरूले विनम्रतापूर्व बिन्ती पत्र हालेका थिए– हामीले खाइ नखाइ जम्मा गरेको पैसा, हाम्रो रगत पसिना सीमित टाठाबाठाले लुटे, खाए भने । त्यो विचलन गर्नेहरू अहिले कुनै कुनामा ढुक्कसँग बसेका छन् । गण्डकीमा, ढोरपाटनमा मेयर भूमिगत छन् । यी सबैलाई राज्यसत्ताले संरक्षण गरिराखेको छ । यहाँ संसदमा भएका धेरै सांसदलाई थाहा छ, सहकारीको पैसा कसले अपचलन गरेको छ ?, उनले भने ।

उनले राज्यसत्तामा पहुँच भएको रजाइँ गरेकाहरूले सहकारीको वचत हिनामिना गरेको बताए । सहकारीको बचत हिनामिना कसले गरेको छ भने राज्यसत्तामा जसको रजाइँ छ । अझ हुँदाहुँदा चोरलाई चौतारी, पीडितलाई दण्ड भनेझैं पीडितहलाई हिजो डन्डा बर्साइयो । कयौं अस्पतालमा छन्, कयौं बिलखबन्दमा छन् । यही हो?  जसले लोकतन्त्र ल्याउन साथ दिए, उनैलाई अन्याय,’ उनले भने ।

अहिले बनाइएको छानबिन समितिले पनि प्रतिवेदन बुझाउने बाहेक समाधान नदिने बताए । सत्तामा बसेर सहकारीको बचत अपचलन गर्नेहरूले समितिले दिएको प्रतिवेदन कसरी कार्यान्वयन गर्ने भन्दै प्रश्न पनि गरे । उनले अहिलेको समिति टालटुले र पीडकलाई जोगाउने किसिमको भएको पनि बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -