Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३२:४८ दिउँसो
- ADVERTISEMENT -

निर्देशक सुदर्शन थापा पक्राउ परेपछि रोकियो ‘रावायण’को सुटिङ, पूजा शर्मा तनावमा

प्रकाशित मिति: २०८१ जेठ २१, सोमबार

313
Shares

 ठगी तथा विश्वास घातसम्बन्धी मुद्दामा निर्देशक सुदर्शन थापा पक्राउ परेपछि निर्माणाधीन चलचित्र ‘रावायण’को सुटिङ पनि रोकिएको छ । थापालाई सुटिङ सेटबाटै सोमबार मालीगाउँबाट पक्राउ गरिएपछि फिल्म निर्माण अवरुद्ध भएको हो ।

फिल्ममा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा मुख्य भूमिकामा छन् । यस फिल्मका निर्माता नायिका शर्मा हुन् भने निर्देशक थापा हुन् । फिल्म रोकिएपछि निर्माता शर्मा तनावमा छिन् ।

ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा मुद्दा अघि बढाउन उनलाई बौद्ध प्रहरी वृत्तमा लगिएको छ । ‘प्रसाद–२’ का निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध गत साउनमा ठगी र विश्वासघातसम्बन्धी कसुरमा उजुरी दिएका थिए ।

निर्माता बस्नेतका अनुसार निर्देशक थापाले आफ्नो अनुमतिबिना विभिन्न देशमा ‘प्रसाद–२’ प्रदर्शन गरेका थिए । उनले भने, ‘फिल्म सम्पादनका क्रममा एक कपी उम्काएका रहेछन् । मेरो अनुमतिबना त्यसलाई विदेशमा प्रदर्शन गराएपछि कानुनी उपचार खोजेको हुँ ।’

के छ जाहेरीमा ?

आफूहरूको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।

जाहेरीमा ओएसआर डिजिटलका सञ्चाल ओमप्रकाश अग्रवाल, निर्देशक थापा र सम्पादक श्रेष्ठलाई विपक्षी बनाइएको छ । सोही जाहेरीअनुसार अग्रवाल अघिल्लो साल नै पक्राउ परेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -