Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३३:५५ दिउँसो
- ADVERTISEMENT -

जनमतको अवरोधपछि प्रदेश सभा बैठक स्थगित

प्रकाशित मिति: २०८१ जेठ २१, सोमबार

170
Shares

मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमै जनमत पार्टीले छानबिन समितिको माग गर्दै अवरोध गरेको छ ।

जनमत पार्टीले राजविराजस्थित कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा भएको कुटपिटको घटनालाई लिएर संसदीय छानबिन समितिको माग गर्दै प्रदेश सभाको बैठकमा अवरोध गरेका हुन् ।

जनमत पार्टीको अवरोधपछि सभामुख रामचन्द्र मण्डलले सोमबार अपराह्न बसेको प्रदेश सभाको बैठक १० मिनेटका लागि स्थगित गरेका छन् । जनमत पार्टीका प्रमुख सचेतक सञ्जयकुमार यादवले कृषि विश्वविद्यालय शिलान्यास कार्यक्रममा आफ्ना पार्टीका तत्कालीन मन्त्री महेशप्रसाद यादवमाथि मुख्यमन्त्री सरोजकुमार यादवकै उपस्थितिमा आक्रमण भएको भन्दै छानबिन समितिको माग गरे ।

‘हामीले पटक पटक छानबिन समितिको माग गरिरह्यो । तर, सरकार भने नजरअन्दाज गरिरहेको छ,’ प्रदेश सभाको बैठकमा जनमत पार्टीका प्रमुख सचेतक यादवले भने,‘छानबिन समिति नबनेसम्म बैठक चल्न दिन्नौं ।’

सभामुख मण्डलले तेस्रो अधिवेशनको पहिलो बैठक भएकाले चल्न दिन आग्रह गरेपछि जनमत पार्टीका प्रवक्ता एवं प्रदेश सांसद चन्दन सिंहले छानबिन समिति बनाएमात्र बैठक चल्न अडान राखेका थिए ।

मधेश प्रदेश सरकारबाट एमाले–माओवादी बाहिरिएपछि अल्पमतमा परेको मुख्यमन्त्री यादवको सरकारले विश्वासको मत लिन बैठक आह्वान गरेको छ । सत्ताको बागडोर सम्हाल्न दलहरुबीच रस्साकस्सी रहेकै बेला विश्वासको मत, नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको प्रदेश सभाको बैठक अर्थपूर्ण छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -