प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच आइतबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।








































