Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५०:५२ बिहान
- ADVERTISEMENT -

सहमति खोज्न शीर्ष नेतृत्वको बैठक बालुवाटारमा सुरु

प्रकाशित मिति: २०८१ जेठ १४, सोमबार

175
Shares

संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन शीर्ष नेतृत्वको बैठक बालुवाटारमा बसीरहेको छ । केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रतिपक्षी नेपाली कांग्रेसले उठाउँदै आएका मागका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका हुन् ।

कांग्रेसका कारण जारी संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने उद्देश्यले प्रधानमन्त्रीले सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुसँगको छलफललाई तिब्रता दिएका हुन् ।

छलफलमा सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यसमेत सहभागी छन् ।

छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् । यसैगरी नेकपा माओवादीबाट वर्षमान पुन र हितराज पाण्डे सहभागी छन् ।

त्यस्तै एमालेका तर्फबाट  उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहेका कानुन मन्त्री पदम गिरी र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी छन् ।

रास्वपाबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले लगायतका नेताहरु सहभागी रहेको त्यहाँ रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेको नामै तोकेर संसदीय छानबिन समितिको कार्यादेश बनाउनुपर्ने अडान राख्दै आएको छ । सत्ता साझेदार दल नेकपा एमाले र रास्वपाले भने कांग्रेसको मागमा असहमति जनाउदै आएका छन् ।

कुरा नमिल्दा कांग्रेसले निरन्तर संसदमा अवरोध गर्दै आएको छ । संसद अवरोधका कारण दबाबमा रहेका प्रधानमन्त्री प्रचण्डले आज दिनभरी नै सहमतिका लागि प्रयास जारी राख्ने तयारी गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -