- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जनकपुरमा नेपाल तरुण दलको प्रदर्शन ।

May 22, 2024
266
Shares
- ADVERTISEMENT -

गृहमन्त्रीको राजीनामा मांग गर्दै नेपाल तरुण दलले जनकपुरधाममा शान्तिपुर्ण प्रदर्शन गरेको छ। गृहमन्त्री आफ्नो ईर्ष्या र द्वेष साध्न कान्तिपुरका संचालक संचारउद्घमी कैलास सिरोहियालाइ पक्राउ गरेको भन्दै नेपाली कांग्रेसको भातृ संघ नेपाल तरुण दलले आज जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत जाने मुख्यबाटोमा चर्को नाराबाजी गर्दै प्रदर्शन गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

सिरोहिया जनकपुरको धेरै पुराना बासिन्दा रहेको ऊनको नागरिकता पनि सही रहेको ठोकुवा गर्दै तरुणदलका केन्द्रीय सदस्य मानवेन्द्र निधिले भने , ‘हामी कैलाश सिरोहियालाई बाल्यकाल देखी नै चिन्हेंको हो, उहाको मेरो घर अगाडि नै घर छ उनका बाजे , बाबू , दाई सबै यहाँका बासी हो ।’ गृहमन्त्री रबी लामीछाने आफ्नो करतुत लुकाउन बदलाको भावले संचार जगत र जनकपुर बासी,तराई बासी लाइ नै लक्षित गरेको निधिले आक्रोश व्यक्त गरेका छन ।

सहकारी सम्बन्धी संसदिय छानवीन समिति नेपाली कांग्रेसले सदनमा सुरु देखी नै उठाउँदै आएको जिकिर गर्दै निधिले भने, ‘ हाम्रो सिङ्गो पार्टीनै संसदिय समिति बन्नुपर्छ भन्दै आएको छ र कान्तिपुरमा समेत यस वारे निरंतर समाचार आउदै गर्दा रिषको झोंकमा गृहमंत्रीले संचार जगतलाई टारगेट गर्न खोजेको छ । निधिले भने , ‘अब गृहमंत्रीले राजीनामा नै दिनुपर्छ भन्ने हाम्रो मांग रहेको छ ।’

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com