- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

आजको दृश्य राम्रो भएन, अर्को निर्णय नभएसम्म सरकारमा बस्छौं : सांसद पाण्डे

May 20, 2024
129
Shares
- ADVERTISEMENT -

नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएको दृश्य राम्रो नभएको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पाण्डेले भने, ‘आजको दृश्य राम्रो भएन । आज विश्वासको मत लिनेजस्तो महत्त्वपूर्ण कुरामा पनि अत्यन्त नमज्जाको खालको वातावरण भयो । प्रमुख प्रतिपक्ष दल लगायतका साथीहरुले विपक्षमा भोट पनि हालेनन् । एक खालको वहिष्कार जस्तो भयो । शान्त वातावरणमा विश्वासको मत लिने वातावरण बनेन ।’

- ADVERTISEMENT -

Advertisement

एकीकृत समाजवादीले सरकार छोड्ने निर्णय नगरेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उनले बताए । उनले अर्को निर्णय नभएसम्म पार्टी सरकारमा बस्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइहाल्नुपर्ने स्थिति नआएको भन्दै उनले किन विश्वासको मत लिए भन्ने आफूले बुझ्न नसकेको बताए ।

- ADVERTISEMENT -

Advertisement

उनले भने, ‘मलाई व्यक्तिगत रूपमा भन्ने हो भने विश्वासको मत यति छिटो लिइहाल्नुपर्ने परिस्थिति थिएन प्रधानमन्त्रीलाई । किन लिनुभयो भन्ने कुरा मैले अहिलेसम्म पनि बुझ्न सकेको छैन । यद्यपी हामी सत्तापक्षकै हौं । हामीले विश्वासको मत दियौं पनि । १५७ मध्ये १० भोट हाम्रो पनि हो । हाम्रो तर्फबाट सरकार छोड्ने निर्णय नगरेको हुनाले पनि विश्वासको मत त दिनै पर्‍यो नि हाम्रै साथीहरू मन्त्री छन् । अर्को निर्णय नभएसम्म सरकारमा बस्छौं ।’

प्रधानमन्त्रीले शान्त वातावरणमा विश्वासको मत लिएको भए राम्रो हुने उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com