Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३६:५३ दिउँसो
- ADVERTISEMENT -

आईपीएलको प्लेअफ समीकरण पूरा, झड्का राजस्थानलाई 

प्रकाशित मिति: २०८१ जेठ ७, सोमबार

390
Shares

भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटको प्लेअफ समीकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेलमा आइतबार सनराइजर्स हैदराबादले पञ्जाब किंग्समाथि हासिल गरेको जित र राजस्थान रोयल्सले कोलकाता नाइडर्ससँगको खेल वर्षाले रद्द भएपछिको नतिजापछि प्लेअफ समीकरण पूरा भएको हो । 

जसअनुसार कोलकाता र हैदराबाद क्वालिफायरमा पुगे भने अधिकांश समय अंक तालिकाको शीर्ष स्थानमा रहेको राजस्थान भने प्लेअफमै सीमित भयो । 

अब राजस्थानको भिडन्त इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलुरूसँग हुनेछ । बैंगलुरूले लिगका पछिल्ला सबै पाँच खेल जितेर प्लेअफमा ठाउँ बनाएको हो । 

यसले गर्दा उसको क्वालिफायरमा पुग्ने सम्भावना पनि बलियो छ । इलिमिनेटरमा जित हासिल गर्ने टिमले दोस्रो क्वालिफायरमा ठाउँ बनाउने छ । इलिमिनेटरमा हार्ने टिम बाहिरिने छ । 

पहिलो क्वालिफायरमा पराजित हुने टिम र इलिमिनेटरमा जित हासिल गर्ने टिमबीच फाइनलका लागि दोस्रो क्वालिफायर हुनेछ । पहिलो क्वालिफायरमा जित्ने टिम सिधै फाइनलमा पुग्नेछ । 

यसपालि पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्स १० टिम सहभागी रहेको आईपीएलको पाँचौँ स्थानमा रहेर लिग चरणबाटै बाहिरियो । 

त्यस्तै अर्को पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स पुछारमा रहेर बाहिरियो । दिल्ली क्यापिटल्स छैटौँ, लखनउ सुपर जाइन्टस सातौँ, गुजरात टाइटान्स आठौँ र पञ्जाब किंग्स नवौँ भयो । 

अंक तालिका
१४ खेलबाट २० अंकको कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा, १७ अंकको सनराइजर्स हैदराबाद दोस्रो, १७ अंककै राजस्थान रोयल्स तेस्रो तथा १४ अंकको रोयल च्यालेन्जर्स बैंगलुरू चौथो स्थानमा रह्यो । 

१४ अंकमै रहेका चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्टस क्रमशः पाँचौँ, छैटौँ र सातौँ स्थानमा रहे ।  

आठौँ स्थानको गुजरात टाइटान्सको १२, नवौँ स्थानको पञ्जाब किंग्सको १० तथा पुछारको मुम्बई इन्डियन्सको मात्र ८ अंक रह्यो । 

अबका खेलहरु
पहिलो क्वालिफायरमा मंगलबार कोलकाता र हैदराबाद भिड्दै छन् । खेल बेलुकी ७ः४५ बजेदेखि अहमदाबादमा हुनेछ । 

इलिमिनेटर खेलमा बुधबार राजस्थान र बैंगलुरू खेल्दैछन् । खेल ७ः४५ बजे नै अहमदाबादमा हुनेछ । 

दोस्रो क्वालिफायर खेल शुक्रबार चेन्नईमा हुनेछ । पहिलो क्वालिफायरको पराजित टिम र इलिमिनेटरको विजेता टिमबीच दोस्रो क्वालिफायर हुनेछ । 

फाइनल खेल आइतबार चेन्नईमा हुनेछ । यो खेल पनि बेलुकी ७ः४५ बजे नै शुरु हुनेछ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -