उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसदमा विदेशीका एजेन्टहरू रहेकाे गम्भीर आराेप लगाएका छन् । सदनमा आफूमाथि लागेका आराेपहरूकाे जवाफ दिने क्रममा उनले विदेशीका एजेन्टहरू सदनमा रहेकाे र उनीहरूलाई निकाल्नुपर्ने बताए ।
‘जति शक्तिशाली भए पनि । जुनसुकै पार्टीका महामन्त्री भए पनि विदेशीका एजेन्टहरूलाई निकालाैँ,’ लामिछानेले भने ।
उनले कांग्रेस महामन्त्री गगन थापालाई यस्ताे आराेप लगाएकाे अनुमान गर्न सकिन्छ ।








































