- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जसपा नेपाल छाडेका सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिनबाट रोक्न सर्वोच्च पुगे उपेन्द्र यादव

May 19, 2024
225
Shares
- ADVERTISEMENT -

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

यादवले आइतबार दायर गरेकाे रिटमा जसपा नेपाल छाडेका अशोक राईसहित ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा मतदानमा रोक लगाउन माग गर्दै रिट दायर गरेका हुन्।

- ADVERTISEMENT -

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबारको प्रतिनिधिसभामा विश्वास मत लिने तयारी गरेका छन्। यसका लागि संघीय संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर प्रधानमन्त्री कार्यालयले पत्राचारसमेत गरेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com