- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

बालाजु क्षेत्रमा द नेपाल डिस्टिलरिजद्वारा पोल र सडक बत्ती जडान

May 15, 2024
96
Shares
- ADVERTISEMENT -

लोकप्रिय नेपाली मदिरा ‘खुकुरी रम’ तथा न्यूड भोड्काको उत्पादक ‘दि नेपाल डिस्टिलरिज’ले काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ को बालाजुस्थित केही सडक क्षेत्रमा पोल तथा सडक बत्ती जडान गरेको छ । 

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालाजु क्षेत्रको सडकलाई थप सुरक्षित बनाउन तथा सो क्षेत्रको सौन्दर्यीकरणका लागि यस्तो सहयोग गरेको हो । 

- ADVERTISEMENT -

Advertisement

सडक बत्तीको व्यवस्था भएसँगै बालाजु सडक क्षेत्र उज्यालो भएको छ । व्यवस्थित सडक बत्तीले सो क्षेत्रको सौन्दर्य र सुरक्षामा समेत अभिवृद्धि गर्ने कम्पनीको विश्वास छ। 

स्थानीय समुदाय यस पहलबाट धेरै लाभान्वित भएका छन्। खुकुरी रमको उत्पादक दि नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभाष लामिछानेले यो कार्यले कम्पनी र स्थानीयबिच सम्बन्ध प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।  

- ADVERTISEMENT -

Advertisement

वडा नम्बर १६ का कार्यवाहक वडाध्यक्ष पुष्प महर्जनले दि नेपाल डिस्टिलरिजको सहयोगप्रति आभार प्रकट गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com