उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूमाथि उठेका विषय र कांग्रेसले उठाएको विषयमा संसद्मा बोल्ने सुनिश्चित् नभएसम्म अरु विकल्पमा छलफल नगर्ने अडान राखेका छन् ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सिंहदरबारको भेटवार्ता सकेर बाहिरिने क्रममा सिंहदरबारमा मिडियासँगको संक्षिप्त कुराकानीमा उनले यस्तो अडान सुनाएका हुन् ।








































