Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०१:३६ बिहान
- ADVERTISEMENT -

गठबन्धनबारे सोचेर मात्र बोल्न माधव नेपालको निर्देशन

प्रकाशित मिति: २०८१ वैशाख ३१, सोमबार

421
Shares

 नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनबारे जथाभावी नबोल्न नेताहरूलाई निर्देशन दिएका छन् । पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले हालको राजनीतिक अवस्था र गठबन्धनबारे जथाभाबी नबोल्न भन्दै बोल्दा ध्यान पुर्याउन नेताहरूलाई निर्देशन दिएका हुन् । 

‘अहिलेको राजनीतिक अवस्था यता र उता भइरहेको छ । हामी पनि सत्ता गठबन्धनमै छौँ’, बैठकमा अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै पोलिटब्युरो सदस्य दिलु पन्तले भनिन्, ‘जथाभाबी बोल्दा राम्रो सन्देश जाँदैन, त्यसैले हामीले सोचविचार गरेर मात्र बोल्नुपर्छ ।’ 

बैठकमा पार्टीको १० औँ महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेज (राजनीतिक, साङ्गठनिक, विधान र समाजवादी कार्यक्रम) माथि पोलिटब्युरो सदस्यहरूले विचार राख्ने क्रम जारी छ ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार चार बजेसम्म पदाधिकारी र स्थायी कमिटी सदस्यबाहेक २० जना पोलिटब्युरो सदस्यले प्रतिवेदनहरूमाथि आ–आफ्नो धारणा राखिसकेका छन् । बाँकी सदस्यहरूले धारणा राखेपछि पोलिटब्युरो बैठक आजै सक्ने तयारी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -