Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४५:१९ दिउँसो
- ADVERTISEMENT -

सहकारीमा एमालेको प्रभुत्व बढी रहेको डा. प्रकाशशरणको आरोप

प्रकाशित मिति: २०८१ वैशाख ३१, सोमबार

455
Shares

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहकारीमा नेकपा एमालेको प्रभुत्व बढी रहेको आरोप लगाएका छन् ।

संसदीय छानबिन समिति बनाउन सत्ता पक्षका अन्य दल तयार हुँदा पनि एमाले तयार नहुँदा उक्त दलप्रति आशंका बढेको उनले बताए । संसदीय छानविन समितिको विपक्षमो एमाले देखिएको छ ।

‘ठूलो संलग्नता छानबिन समिति गर्नै हुन्न भनिरहनु भएको छ । उहाँको पनि धेरै ठूलो संलग्नताको आशंका पनि छ,’ एमालेप्रति संकेत गर्दै महतले भने, ‘यो त विस्तारै विस्तारै सबै देखिरहेको छ नि । सबै भन्दा ज्यादा प्रभुत्व उहाँहरुकै छ नि ।’

शीर्ष नेताको बैठक पछि प्रतिक्रिया दिँदै महतले कांग्रेसका नेताहरु संलग्न रहेको सहकारीमा कहिंकतै समस्या नभएको महतले दाबी गरे । ‘दुरुपयोगमा हाम्रा साथीहरुको संलग्नता अहिलेसम्म पाएका छैनौं,’ महतले भने, ‘कोही संलग्न छ भने छानबिनका लागि हामी तयार छौं ।’

राष्ट्रिय स्वतन्त्र पार्टी स्वयं छानविन समितिप्रति लचक देखिँदा एमाले विपक्षमा देखिनु आश्चर्यजनक भएको उनले बताए । ‘जो व्यक्ति आफैं तयार हुनुहुन्छ भने अरुलाई आपत्ति किन?’ एमालेलाई उनले प्रश्न गरे, ‘एकले अर्कालाई देखाएर अल्मल्याउने आशय त होइन? जसको विषयमा प्रश्न उठ्या छ उहाँ तयार हुनुहुन्छ भने अरुलाई आपत्ति हुनुपर्ने किन ?’

गृहमन्त्री रवि लामिछानेलाई छानबिनको दायराबाट बाहिर राखेर छानबिन समिति भने बन्न नसक्ने उनले बताए । अनुसन्धान प्रक्रिया गृहमन्त्रीमार्फत नै रोकिएकाले संसदीय छानबिन समितिको माग गर्नुपरेको महतले बताए ।

‘बटम लाइन संसदीय छानविन समिति नै हो । संसदमा कसरी प्रस्तुत हुने प्रक्रियाका बारेमा संसदीय दलको बैठकमा भोली छलफल हुन्छ,’ महतले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -