Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:००:५५ दिउँसो
- ADVERTISEMENT -

प्रधानमन्त्रीसँग कुरा गरेपछि सरकारमा बस्न मन लागेनः उपेन्द्र यादव

प्रकाशित मिति: २०८१ वैशाख ३१, सोमबार

260
Shares

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुराकानी गरेपछि आफूलाई सरकारमा बस्न मन नलागेको बताएका छन्।

यादवले सोमबार उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट पनि राजीनामा दिएका छन्। 

पदबाट राजीनामा दिएलगत्तै कुराकानी गर्दै अध्यक्ष यादवले अप्ठरो परिस्थितिमा पनि आफूले प्रधानमन्त्रीलाई साथ दिँदै आएको र अबदेखि भने सहयोग गर्न नसक्ने निष्कर्षमा पुगेको बताए।

‘प्रधानमन्त्रीज्यूसँग कुराकानी भयो, उहाँले आफ्ना कुरा राख्नुभयो। मैले मेरो कुरा गरेँ,’ यादवले भने, ‘अहिलेको परिस्थितिमा प्रधानमन्त्रीलाई सहयोग गर्न सकिएन। अहिले राजीनामा नै गर्दा नै उचित हुन्छ भनेर राजीनामा दिएको हुँ।’

उनले अहिलेको परिस्थितिमा प्रधानमन्त्रीसँग सहकार्य गर्न नसकिने बताए। ‘यो परिस्थितिमा सहकार्य गर्न सकिन्न बन्ने लाग्यो,’ उनले भने।

अध्यक्ष यादवले सरकारलाई आफूहरूले दिएको समर्थन पनि नरहने बताए। ‘सहकार्य नै नभइसकेपछि समर्थनको के अर्थ हुन्छ र?’ यादवले भने।

मधेसमा भने जसपा नेपालकै नेतृत्वमा नेतृत्वमा सरकार बनाउन पहल गरिने यादवले बताए।

‘मधेसमा हामी फरक ढंगले गठबन्धन गर्छौं र हाम्रै नेतृत्वको सरकारलाई निरन्तरता दिन्छौं,’ यादवले भने। सत्ताघटक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले जसपा नेतृत्वको मधेस सरकार आइतबार छाडेका थिए।

यादव प्रचण्ड नेतृत्वको यो सरकारमा २ महिना अघि उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए। जसपा नेपालकै सांसद दीपक कार्की वन तथा जनसंख्या राज्यमन्त्री बनेका थिए। कार्कीले पनि पदबाट राजीनामा दिएका थिए।

जसपा नेपालका अर्का सांसद नवलकिशोर साह सुडी वन मन्त्री छन्। उनी अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा लागेका छन्।

१२ प्रतिनिधि सभा सांसद रहेको जसपा नेपालबाट ७ जना प्रतिनिधि सभा सांसद अलगिएर हालै अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी गठन गरेका थिए।

यादव अमेरिका हुँदा उनको पार्टी जसपा नेपाल विभाजित भएको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -