प्रतिनिधिसभाकाे बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेकाे संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै कांग्रेस नाराबाजीमा उत्रेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित भएकाे घाेषणा गरेका हुन् ।








































