प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथिको प्रहरी अनुसन्धान प्रतिवदेन बाँडेको छ ।
शुक्रबार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाकै निर्देशनमा रविमाथिको प्रहरी प्रतिवदेन बाँडिएको हो ।
सांसदहरूलाई त्यसका आधारमा धारणा राख्न र अडान लिन सभापति देउवाले सुझाव दिएका छन् ।
यसअघि रविले रुपन्देहीको सुप्रीम सहकारीबाट २ करोड रुपैयाँ लिएको विवरण सार्वजनिक भएको थियो । उक्त सहकारीमा भएको आर्थिक अपचलनसम्बन्धी प्रहरीले प्रतिवदेन सार्वजनिक गरेको छ, जहाँ रविको समेत नाम उल्लेख छ ।
कांग्रेसले उक्त प्रतिवदेन दलको बैठकमा बाँडेको हो ।
कांग्रेसले रविलाई उपप्रधान एवम् गृहमन्त्रीका रूपमा नभइ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिका रूपमा बोल्न दिने निर्णय गरेको छ ।
यदि आजको जवाफबाट चित्त नबुझे संसद् अवरुद्ध गर्ने नेताहरूले बताएका छन् ।








































