- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

धरानका पूर्वमेयर राई र उपमेयर भण्डारीलाई हर्क साम्पाङको ९ बुँदै प्रश्न

May 9, 2024
137
Shares
- ADVERTISEMENT -

पूर्णरुपमा सफल नभएका आयोजनाहरुमा पनि एसियाली विकास बैंक सफल भएको भन्दै प्रचार गरेको भन्दै धरान उपमहानगरपािलकाका मेयर हर्क साम्पाङले पूर्व मेयर तिलक राई र पूर्व उपमेयर मञ्जु भण्डारी स्वेदीलाई ९ बुँदै प्रश्न सोधेका छन् ।

बिहबार साम्पाङले सामाजिक सञ्जालमार्फत राई र भण्डारीलाई प्रश्न सोधेका हुन् । भण्डारी ०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट उपमेयर निर्वाचित भएकी थिईन् भने राई ०७६ सालमा भएको उपनिर्वाचनमा कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।

- ADVERTISEMENT -

Advertisement

‘एडीबीको ऋण अनुदान सहयोगमा नगरको खानेपानी समस्यालाई समाधान गर्नका लागि सम्झौता गरेबमोजिम खानेपानीको दीर्घकालीन समस्याको समाधान नै नभई पूर्ण रुपमा सफल नभएको आयोजना सफल भएको भनी तपाईँ नगरको प्रमुख–उपप्रमुख भएको कार्यकालमा खानेपानी संस्थानलाई खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गरी हालसम्म पनि नगरवासीहरुलाई उक्त आयोजनाबाट पानी उत्पादन गरी वितरण गर्न नसकेको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आयोजना सञ्चालन हुँदा चरम लापरबाही तथा भ्रष्टाचार भएको भनेरसमेत जनगुनासो आएको सन्दर्भमा उक्त आयोजनासम्बन्धी तपसिल बमोजिम के कसो भएको हो सो विषयमा ७ दिनभित्रमा लिखित स्पष्ट पारिदिन हुन अनुरोध छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com