- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

दुर्गा प्रसाईँका कार्यकर्ताले झापाका दुई बैंकमा गरे तोडफोड

May 9, 2024
130
Shares
- ADVERTISEMENT -

दुर्गा प्रसाईँको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्तर्गत बिर्तामोडमा आयोजित र्‍यालीमा समर्थकले बिर्तामोडको दुई बैंकमा तोडफोड गरेका छन् । सोक्रममा ४ जनालाई नियन्त्रणमा लिइएको छ ।

आज उक्त अभियानको युवा संगठन ‘नागरिक युवा दस्ता’ ले र्‍याली निकालेको थियो ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीका अनुसार बिर्तामोड-५ को सिटी सेन्टरअगाडिबाट सुरू र्‍याली मुक्तिचोकतर्फ जाँदै गर्दा सोही समूहका १२/१५ जनाले ज्योती विकास बैंक र एभरेष्ट बैंकको शाखा कार्यालय तोडफोड गरेका हुन् । बैंकको सिसाहरू फुटाउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

नियन्त्रणमा लिइएकामा बिर्तामोड नगरपालिका ३ का मनकुमार तामाङ, वडा नम्बर ५ का ‘बुलेट’ भन्ने अन्जेश राई, बुद्वशान्ती गाउँपालिका ४ का दीपेश राई र बिर्तामोड ४ का पवन दुलाल छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com