- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सहकारी समस्या समाधानका विषयमा हामी प्रष्ट छौँ : प्रमुख सचेतक पाण्डे

May 9, 2024
88
Shares
- ADVERTISEMENT -

 सत्तारूढ दल माओवादी केन्द्रले शुक्रबारबाट सुरु हुने बजेट अधिवेशनको तयारीसाथ उपस्थित हुन निर्देशन दिएको छ । संसद्को विषयगत समितिमा कोरमको समस्या देखिएकाले त्यसको हल गर्ने गरी निर्देशन दिएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका हुन् । 

समसामयिक राजनीति, सदनमा विपक्षी कांग्रेसको अवरोध, सरकारको नीति तथा कार्यक्रम, बजेटको तयारी लगायत विषयमा माओवादी संसदीय दलको बैठकमा गम्भीर छलफल भएको पाण्डेले बताए । ‘संसद्‍मा कसरी प्रस्तुत हुने विषयमा हामीले २२ गते दलको बैठकमा छलफल गरेका छौँ । विषयगत समितिमा कोरमको समस्या छ भन्ने कुरा भयो । त्यसलाई हल गर्ने गरी निर्देशन दिएका छौँ । अन्य आवश्यक तयारी गरेका छौँ,’ बिहीबार पाण्डेले भने ।

- ADVERTISEMENT -

Advertisement

यस्तै संसद् खुलाउने विषयमा प्रधानमन्त्रीले दलहरूका शीर्ष नेताहरूसँग परामर्श जारी राखेको उनले जानकारी दिए । उनले मंगलबार सभामुखले बोलाएको शीर्ष दल नेताहरूको बैठकमा कुराकानी भए पनि ठोस निष्कर्षमा नपुगेको बताए ।  

‘संसद् खुलाउने विषयमा सभामुखसहित शीर्ष नेताहरू बसेर विभिन्न विषयमा कुराकानी भएको छ तर निष्कर्षमा पुगेका छैनौँ । फेरि छलफल गरेर अगाडि बढ्ने । देखिएका समस्या बसेर हल गर्ने सहमति भएको छ । जहाँसम्म गृहमन्त्रीमाथि लागेको आरोप छानबिन गर्ने लगायतका विभिन्न विषयवस्तु छन्’, उनले भने, ‘कानुनीमन्त्रीले पनि विकल्प प्रस्तुत गर्नुभएको छ । अर्को समितिमा पठाएर पनि छानबिन गर्न सकिन्छ । सहकारीमा समस्या छ भन्नेमा हामी प्रष्ट छौँ । प्रधानमन्त्रीज्यूले पनि सहकारी समस्या हल गर्न पहल भइरहेको भन्नुभएको छ । सायद भोलिसम्म समस्या समाधान हुन सक्छ ।’

- ADVERTISEMENT -

Advertisement

फागुन २१ गते एमाले, माओवादीसहित नयाँ सत्ता समीकरण बनेपछि प्रतिपक्षमा पुगेको कांग्रेसले सहकारी ठगी आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै संसद् अवरोध गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डले कांग्रेसको मागमा लचकता देखिए पनि एमाले र रास्वपाले असहमति जनाएको छ ।  

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com