- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भृकुटीमण्डप बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

May 8, 2024
162
Shares
- ADVERTISEMENT -

समाज कल्याण परिषद्अन्तर्गत सञ्चालित भृकुटीमण्डप खुला बजार कुनै पनि बेला जोखिममा पर्न सक्ने मन्त्री चौधरीले बताइन् । उनले कसरी हुन्छ बजार व्यवस्थित गर्न परिषद्लाई निर्देशन दिइन्। मन्त्री चौधरीले यसका लागि चालु आर्थिक वर्षमा चार करोड बजेटको व्यवस्था गरिएको जानकारी गराइन् ।

भृकुटीमण्डपको संरचनालाई सेमी पर्मानेन्ट बनाउने प्रक्रिया अगाडि बढाउन समेत उनले परिषद्लाई निर्देशन दिइन् । ‘भृकुटीमण्डप प्रदर्शनी हल जीर्ण छ, यो हलको पुनः निर्माण, स्तरोन्नति गर्न आवश्यक छ,’ मन्त्री चौधरीले भनिन्, ‘भाडा नतिर्नेहरुसँग उठाउनेबारे योजना बनाएर काम गर्नूहोस् ।’

- ADVERTISEMENT -

Advertisement

सो अवसरमा समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले भृकुटीमण्डप क्षेत्रका सबै जीर्ण संरचना व्यवस्थित बनाइने मन्त्री चौधरीलाई अवगत गराएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com