- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेप्से झिनो अंकले घटेपनि कारोबार रकम बढ्यो

May 8, 2024
74
Shares
- ADVERTISEMENT -

 सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अंक (०.२१)ले बढेर बन्द भएको छ । योसँगै समग्र नेप्से परिसूचक १ हजार ९ सय ६०.६० अंक कायम भएको छ । मंगलबार करिब दुई अंकले बढेको नेप्से बुधबार ऋणात्मक हुँदै बन्द भएको थियो ।

बुधबार कारोबारमा आएकामध्ये १ सय २४ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय ७ वटाको घट्यो र बााकी १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ 

- ADVERTISEMENT -

Advertisement

नेप्से परिसूचक सामान्य अंकले घटेपनि बुधबार कारोबार रकम बढेको छ । उक्त दिन ४१ हजार १ सय ३७ पटकको कारोबारबाट ५८ लाख ७८ हजार ९ सय ६७ कित्ता सेयर किनबेच भए ।

ती किनबेचमा करिब २ अर्ब ५४ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढी हो । गत मंगलबार २ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com