- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

रवि लामिछानेले जीवी राईलाई मलेसियामा मासुभात खुवाएर पालिरहेका छन्ः युराज सफल

May 8, 2024
90
Shares
- ADVERTISEMENT -

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध पटक–पटक मुद्दा हालेर चर्चामा आएका युवराज पौडेल ‘सफल’ ले जीवीराईलाई मलेसियामा मासुभात खुवाएर पालिएको टिप्पणी गरेका छन् । जीवी राई सहकारी ठगी प्रकरणका फरार पात्र हुन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले उपप्रधान एवं गृहमन्त्री लामिछानेले जीवी राईलाई मलेसियामा मासुभात खुवाएर पालेको टिप्पणी गरेका हुन् । ‘जीवी राईलाई मलेसियामा राखेर मासुभात खुवाएर पाल्ने काम गरिएको छ । यो देशमा सुशासन छैन । यहाँ काुनन पनि छैन,’– उनले भने ।

- ADVERTISEMENT -

Advertisement

साथै, देशमा कुशासन रहेको उनको दाबी छ । पाँच हजार मान्छे मारेको जिम्मा लिन्छु भन्ने मान्छे प्रधानमन्त्री सहकारी ठगहरु गृहमन्त्री भएको बेला सुशासन हुन नसक्ने उनको तर्क छ । सरकारले एकपछि अर्का व्यक्तिहरुलाई माफी मिनाह गरेको उनले टिप्पणी गरे । साथै, उनले वर्तमान सरकारले कृष्ण बहादुर महरादेखि पञ्चा सिंहसम्मलाई माफी मिनाह दिएको भन्दै आपत्ति जनाए ।

रवि लामिछानेले महान्यायाधीवक्ताको कार्यालयले क्लिन चिट दिइसक्यो भनेपनि उनीविरुद्ध एउटा मुद्दा चलिरहेको र अर्को अनुसन्धान चलिरहेको बताए । ‘द डार्क फाइल’ नामक अडियो प्रकरण नियोजित रहेको उनले बताए । त्यो अडिओ बाहिर रवि लामिछानेले ल्याएको उनको आरोप छ । सिधा कुराले उक्त प्रकरणमा करोडौं डिल गर्न खोजेको उनको आरोप छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com