Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:५३:१३ बिहान
- ADVERTISEMENT -

एमाले-माओवादीका नेता बाहिरिएलगत्तै ३ मन्त्री प्रदेश प्रमुखको कार्यालयमा

प्रकाशित मिति: २०८१ वैशाख २६, बुधबार

473
Shares

कोशी प्रदेश सरकारले बजेट अधिवेशन आह्वान गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएको छ ।

बुधबार मुख्यमन्त्री केदार कार्कीको तर्फबाट सरकारका तीन मन्त्रीले प्रदेश प्रमुखलाई भेटर अधिवेशन आह्वानको सिफारिस गरिएको पत्र प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाएका हुन् ।

यसअघि नै सरकारले बजेट अधिवेशन आह्वानको सिफारिस गरेको थियो। तर, त्यसअघि नै प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले र माओवादीको समावेदनका आधारमा वैशाख ६ गते विशेष अधिवेशन आह्वान गरेका थिए।

आज बिहान बसेको बैठकले अधिवेशन आह्वान गरेको निर्णय प्रदेश प्रमुखलाई पुनः स्मरण गराउने निर्णय गरेको थियो ।

यता मुख्यमन्त्री कार्कीले मंगलबारसम्म प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेमा विश्वासको मत नलिएपछि उनी स्वतः कामचलाउन मुख्यमन्त्रीमा परिणत भएको प्रतिपक्षी दल एमाले र माओवादीको दाबी छ ।

मुख्यमन्त्री कार्कीको सरकार कामचलाउनमा परिवर्तन भएको भन्दै २ दलले आज प्रदेश प्रमुखलाइ भेटेर नयाँ सरकार गठनको आह्वान गर्न दवाव दिएका थिए । उनीहरु प्रदेश प्रमुखसँगको छलफलपछि सभामुख अम्बरबहादुर विष्टलाई भेट्न पुगेका छन् । विष्टलाई भेटेपछि फेरि प्रदेश प्रमुखलाई भेट्ने कार्यक्रम छ ।

यता मुख्यमन्त्री कार्की भने नयाँ सरकार बन्न नसक्ने अडानमा छन् । मुख्यमन्त्री कार्कीले आफूलाई पदच्यूत गरेमा अदालत जानेसम्मको धम्की दिँदै आएका छन् । उस्तै परे प्रदेश सभा विघटनको सिफारिस गर्ने चेतावनी दिँदै आएका कार्कीलाई उनको दल नेपाली कांग्रेसले त्यसो नगर्न बरु अदालत जान निर्देशन दिएको छ ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने भन्दै प्रदेशसभाले संकल्प प्रस्ताव नै पारित गरेको थियो ।

प्रदेश सभाको विशेष अधिवेशनबाट गत वैशाख ७ गते संकल्प प्रस्ताव पारित गर्दै मुख्यमन्त्रीलाई संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत लिन निर्देशन दिएको थियो ।

२०८० असोज २८ गते संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई एमालेका ३९ र काँग्रेसका ८ सांसदले समर्थन गरेका थिए ।

मुख्यमन्त्री कार्कीले सरकार अल्पमतमा रहेको भए पनि संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार बनेकोले विश्वासको मत लिन नपर्ने जिकिर गर्दै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -