- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

अवैध ब्राउनसुगरसहित तीन जना पक्राउ

May 8, 2024
67
Shares
- ADVERTISEMENT -

पर्सा स्थित वीरगन्ज महानगरपालिका–१ सिर्सियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–२५ सिर्सिया बस्ने ३५ वर्षीय श्यामु प्रसाद कुर्मी र रौतहट दुर्गा भगवती नगरपालिका–५ बस्ने ३४ वर्षीय रवीन्द्र साह सोनार रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

यता कैलालीको धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने १८ वर्षीय किशोरलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com