- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

अशोक राई नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता, आयोगले दियो प्रमाणपत्र

May 6, 2024
125
Shares
- ADVERTISEMENT -

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले दल दर्ता नम्बर १९८ राखेर सोमबार प्रमाणपत्र दिएको छ । 

आयोगले राई नेतृत्वको ‘जनता समाजवादी पार्टी’ लाई दल दर्ताको प्रमाणपत्र उपलब्ध गराएको सचिव रविलाल पन्थले हस्ताक्षर गरेको प्रमाणपत्रमा उल्लेख छ । 

- ADVERTISEMENT -

Advertisement

उक्त दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम दर्ता गरेर प्रमाणपत्र दिइएको पन्थको भनाइ छ । 

पार्टीको केन्द्रीय कार्यालयको ठेगाना काठमाडौँ राखेर प्रमाणपत्र जारी गरिएको छ।  

- ADVERTISEMENT -

Advertisement

आइतबार उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग विद्रोह गर्दै राईको नेतृत्वमा ७ सांसदले दल विभाजनका लागि आयोगमा निवेदन दिएका थिए । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com