- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

अशोक राई पक्षको निवेदनलाई आयोगको मान्यता, दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय

May 6, 2024
91
Shares
- ADVERTISEMENT -

जनता समाजवादी पार्टी नेपाल विभाजन गरी जनता समाजवादी पार्टीका लागि अशोक राई पक्षले दिएको निवेदनलाई आयोगले स्वीकार गरेको छ।

आयोगको सोमबार बसेको बैठकले निवेदनलाई मान्यता दिने निर्णय गरेको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले बताए।

- ADVERTISEMENT -

Advertisement

‘नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३, राजनीतिक दल सम्बन्धी नियमावली २०७४ तथा प्रचलित संघीय कानुन बमोजिमका प्रावधान पालना गर्ने सर्तमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३३ र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी … नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने’, आयोगको निर्णयमा भनिएको छ।

आइतबार जसपा नेपाल विभाजन गरी अशोक राई पक्षले जसपाको नाममा दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com